Admin Login

अर्जुनचौपारी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय गण्डकी प्रदेश, स्याङ्जा, नेपाल डिजिटल प्रोफाईल सिस्टम

  • 9856053133
  • ito.arjunchauparimun@gmail.com / https://arjunchauparimun.gov.np/
  • गृह पृष्ठ
  • परिचय
  • चिनारी
  • संस्थागत बिबरण
२. वडाको चिनारी
२.१ भौगोलिक स्थान

अर्जुनचौपारी गाउँपालिका ऐतिहासिक तथा धार्मिक हिसाबले पनि त्यतिकै महत्वपुर्ण रहेको मानिन्छ । यस गाउँपालिकामा रहेका टांउको लेक, पञ्च कन्या मन्दिर, लामडाँडा कालिका देवीको मन्दिर, रापाकोट कालिका मन्दिर, बराहा गुफा लगायतका ऐतिहासिक तथा धार्मिक ठाँउहरु रहेकाले यसको बारेमा अध्ययन अनुसन्धान गरी ग्रामीण पर्यटन प्रबद्र्धन गर्न सक्ने सम्भावना पनि त्यत्तिकै रुपमा सम्भावित रहेको छ र आन्तरिक तथा बाह्य पर्यटकहरुलाई भित्र्याई प्रशस्त आय आर्जन बढाउने अर्को यस गाउँपालिकाको संभावना र अवसर लुकेर रहेका छन् ।

२.२ ऐतिहासिक पहिचान नामांकन

अर्जुनचौपारीको नामाकरण यसरी नै रह्यो भन्ने तथ्य आधार कतैबाट पनि किटानी साथ पाइदैन । स्थानीय जानकारहरुका अनुसार अर्जुनचौपारी आरनको चौतारी ठाँउले प्रख्यात रहेको र पछि यसको नाम विस्तारै अर्जुन चौपारी रहन गएको हो भन्ने भनाई रहेको छ । बितेका कैयौं वर्षमा भौतिक संरचनाको क्षेत्रमा अर्जुनचौपारी गाउँपालिकामा पनि परिवर्तन भएको छ । हेलु – अर्जुनचौपारी – पर्वत बाटोको निर्माणले अर्जुनचौपारी गाउँपालिकालाई आर्थिक परिवर्तनको दिशामा अग्रसर हुन सहयोग गर्नुको साथै जिल्ला सदरमूकाम लगायत अन्य क्षेत्रसंगको दूरी कम रहेको छ |

  • गृह पृष्ठ
  • चिनारी