पृष्ठभूमि
अर्जुनचौपारी गाउँपालिका स्याङ्जा जिल्लाका ११ वटा स्थानीय तहहरु मध्येको एक गाँउपालिका हो । पहाडी भूभाग रहेको यस गाँउपालिका राज्य पुनसंरचना भए पश्चात साविकका अर्जुन चौपारी, रापाकोट, आरुचौर, सतौदरौ गा.वि.स. र साविककै पञ्चमुल गा.वि.स.का ३ र ७ नं. वडाहरु समायोजन गरी वि.स. २०७३ सालमा स्थापना भएको हो । यस गाँउपालिकालाई ६ वटा वडाहरुमा विभाजन गरिएको छ भने केन्द्रको रुपमा साविकको अर्जुन चौपारी गा.वि.स.लाई बनाइएको छ । यसको सिमानामा पूर्वमा पुतली बजार नगरपालिका, पश्चिममा पर्वत जिल्ला, उत्तरमा आँधीखोला गाँउपालिका र दक्षिणमा भीरकोट नगरपालिका पर्दछन् । भौगोलिक अवस्थिति अनुसार यस गाँउपालिका ८३ डिग्री ४२ मिनेट ० सेकेण्ड देखि ८३ डिग्री ४८ मिनेट ०१ सेकेण्ड पूर्वी देशान्तर सम्म फैलिएको छ भने २८ डिग्री ४ मिनेट, ० सेकेण्ड देखि २८ डिग्री ८ मिनेट ० सेकेण्ड उत्तरी अक्षांस सम्म फैलिएको छ । समून्द्र सतहबाट ८०० देखि २१५० मिटर सम्मको उचाईमा रहेको यो गाउँपालिकाको मौसम समशितोष्ण खालको पाइन्छ । नापी विभाग, काठमाण्डौबाट लिएको तथ्यांक अनुसार अर्जुन चौपारी गाँउपालिकाको कुल क्षेत्रफल ५७.२३ वर्ग कि.मी. रहेको छ भने जिल्ला सदरमुकाम स्याङ्जाबाट यो गाउँपालिका उत्तर तर्फ ९ कि.मी.को दूरीमा रहेको छ ।
Read Moreवडाहरु
६घरधुरी
३४८४जनसंख्या
१६६८०पुरुष जनसंख्या
८७०२महिला जनसंख्या
७९७८अन्य जनसंख्या
क्षेत्रफल (वर्ग किमी)
५७.२३- पुरुष २३६४
- महिला २११०
- जम्मा(पुरुष + महिला) ४४७४
- ( घरधुरी ) ९२९
- पुरुष ११३५
- महिला १०६०
- जम्मा(पुरुष + महिला) २१९५
- ( घरधुरी ) ४४१
- पुरुष ९३३
- महिला ८२९
- जम्मा(पुरुष + महिला) १७६२
- ( घरधुरी ) ३७३
- पुरुष ९४७
- महिला ९०१
- जम्मा(पुरुष + महिला) १८४८
- ( घरधुरी ) ४०२
- पुरुष १७१६
- महिला १५७७
- जम्मा(पुरुष + महिला) ३२९३
- ( घरधुरी ) ७०६
- पुरुष १६०७
- महिला १५०१
- जम्मा(पुरुष + महिला) ३१०८
- ( घरधुरी ) ६३३

